नियम ११०
स्थायी समिति
(१) कुनै अधिवक्तालाई नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा पूर्ण बैठकलाई परामर्श दिन तथा न्याय प्रशासन सम्बन्धी विषयमा तत्काल कुनै निर्णय गर्न वा अत्यावश्यक नीति निर्धारण गर्न प्रधान न्यायाधीश अध्यक्ष तथा अदालतका चार जना वरिष्ठतम् न्यायाधीशहरु सदस्य रहेको एक स्थायी समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको सदस्य–सचिव मुख्य रजिस्ट्रार हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक प्रधान न्यायाधीशद्वारा निर्धारित विषयमा छलफल गर्न तोकिएको मिति, समय र स्थानमा बस्नेछ ।